काठमाडौँ । गायिक समीक्षा अधिकारीले पल शाह प्रकरणमा क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम नमागेको र नलिएको स्पष्ट पारेकी छिन् । उनले आफूले लामो समयदेखि दुःखद् घट्ना भोगिरहेको उल्लेख गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले उक्त प्रकरणमा क्षतिपूर्ति लिने मनशाय नै नभएको दाबी गरेकी छिन् ।
मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकहरूमा मेरो हार्दिक नमस्कार, यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दुःखद् घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुःखद् घटना हो।
सामाजिक सञ्जालमा मेरोविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।

बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्तिबापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु। यहाँहरूको साथ सहयोग र सकारात्मक विचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।