भदौ २९, २०७९ बुधबार

काठमाडौँ । कुनै समय नेपाली लोक संगीत बजारमा आफ्नो बर्चस्व जमाएका चर्चित गायक भगवान् भण्डारीले ‘मैले हारेँ, अर्कैले जित्यो..’ बोलको गीत सार्वजनिक गरेका छन्। कुनै समय नेपाली लोकसँगित बजारमा एकछत्र राज गरेका भण्डारी बिदेशी भुमिमा रहेर पनि गित संगीतप्रतिको मोहलाई कमी हुन नदिन समयसमयमा गीतहरु बजारमा ल्याउने गरेका छन्। जसअनुसार यतिबेला ‘मैले हारे अर्केले जित्यो..’ बोलको गित बजारमा ल्याएका हुन् । 

यो गितमा शब्द, संगीत र लय भगवान भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण, र गोविन्द पराजुली रेकडिष्ट रहेका छन्। यस्तै गितको निर्माता सुशिल पंगेनी र निर्देशन शंकर विशिले गरेका छन् ।विदेशी भुमिमा रहे पनि आफ्नो देशको संस्कृती संरक्षणका लागि गीत संगीतमा समर्पीत रहेका गाएक भण्डारी र निर्माता पंगेनी हाल अमेरीकामा बस्छन्। निर्माता पंगेनि पनि निकै लामो समय देखी  गित संगितमा सक्रिय छन्। जहाँ भएपनि नेपाली पन र नेपाली मनसँगै हुने हुनाले नेपाली गीत संगीतमै रमाइरहेको पंगेनीले बताउछन्।

उनिहरु बाध्यताबस अहिले बिदेशमा रहेपनि अव छिट्टै नेपालमै बसेर गीत संगीत संरक्षणमा रहने र गित संगितलाई निरन्तरता दिने बताएका छन्। यो गितमा मायाप्रेमको गाथा बुनिएको छ। आफुँले हदभन्दा बढी माया र बिश्वास गर्ने मान्छे नै टाढा भएपछि आफुले हारेको र अर्कैले जितेको महसुस गितमा समावेश छ। भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको यो गित दर्शकश्रोताको रोजाइमा परेको छ। आम गितसँगितका पारखिहरुबिचमा यो गितले न्याय पाउने र बिगतमा सार्वजनिक गितहरु जस्तै यो गित पनि सबैको मनमुटुमा बसेर सफ बन्ने बिश्वाससमेत गरीएको छ ।

भिडियो लिङ्क :