भदौ २९, २०७९ बुधबार

यही वर्ष साउथ स्टार यशको मुख्य भूमिका रहेको फिल्म 'केजीएफ २' मा भिलेन अधेराको भूमिकाबाट चर्चामा आएका सञ्जय दत्तले अर्को साउथ फिल्ममा काम गर्ने भएका छन् । उनले थालापथी विजयको 'अनटाइटल्ड' फिल्मका लागि साइन गरेका छन् । 
यो चलचित्रलाई लोकेश कनागराजले निर्देशन गर्नेछन् । लोकेशले सञ्जयलाई उनको ग्याङ्गस्टर आधारित थ्रिलर फिल्मका लागि सम्पर्क गरेका छन् । यस फिल्ममा धेरै खलनायक हुनेछन् । सञ्जय तीमध्ये एक खलनायक हुनेछन् ।
सञ्जयले फिल्ममा काम गर्न १० करोड भारु लिएका छन् । यो फिल्मको छायांकन यसै वर्षको अक्टोबर वा नोभेम्बरमा सुरु हुन सक्छ । यो फिल्म २०२३ मा दीपावलीको अवसरमा रिलिज हुने बताइएको छ ।
यस वर्ष सञ्जयका ३ फिल्म 'केजीएफ २', 'सम्राट पृथ्वीराज' र 'शमशेरा' रिलिज भएका थिए । तर, 'केजीएफ २' बाहेक दुवै फिल्म बक्स अफिसमा असफल भए । 'केजीएफ २' मा उनले खलनायकको भूमिका निर्वाह गरेपछि अहिले प्राय: यस्तै भूमिका खेल्दै आएका छन्, सञ्जयका आगामी फिल्महरू ‘द गुड महाराजा’ र ‘घुरछडी’ छन् । अहिले उनी यी फिल्मको सुटिङमा व्यस्त छन् ।
साउथ फिल्मका सुपरस्टार थालापथी विजय पछिल्लो पटक सुपर फ्लप साबित भएको फिल्म 'बिस्ट'मा देखिएका थिए । अहिले उनी आफ्नो फिल्म ‘वरिसु’का कारण चर्चामा छन् ।