भदौ २९, २०७९ बुधबार

काठमाडौँ । नारी बोलको र्‍याप गीत सार्वजनिक भएको छ। गीतमा अभिनेत्री नम्रता श्रेष्ठको अभिनय रहेको छ । 

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। प्रज्वल श्रेष्ठ र सेडी पोपटको स्वर तथा शब्द रहेको गीतमा प्रज्वल श्रेष्ठको संगीत रहेको छ।

मुनस्टोन प्रोडक्सनले निर्माण गरेको गीतको भिडिओमा नम्रतासँगै आशिष मगर र युनिका केसीको अभिनय देख्न सकिन्छ। महिलामाथि हुने घरेलु हिंसाको कथामा गीतको भिडिओ तयार पारिएको छ। आफूमाथि हुने कुनै पनि प्रकारको हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश गीतले दिन्छ।

गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री नम्रताले आफूमाथि भएको हिंसा सहेर बस्न नहुने धारणा राखिन्।