भारतीय मोडल एवम् चर्चित नायिका मन्दिरा बेदी ५० वर्षकी भइन् । ५० वर्षको उमेरमा पनि उनले आफूलाई पूरै फिट राखेकी छन् । फिटनेसलाई सधैं ध्यानमा राख्ने मन्दिराले उनको नियमित काममध्ये फिटनेशलाई पनि समावेश गरेको बताउँछिन् ।
मन्दिरा हप्तामा ५ दिन वर्कआउट गर्छिन् । साथै हरेक दिन कार्डियो गर्ने गर्छिन् । फिट एण्ड शेप रहनका लागि मन्दिराले रनिङ, स्विमिङ र योग समेत गर्ने गरेको बताउने गरेकी छन् ।
नायिका मन्दिरा आफ्नो डाइटमा समेत विशेष ध्यान दिन्छिन् । उनले प्रायजसो सादा खाना सेवन गर्ने गरेको बताइन्छ ।
हरेक दिन बिहान उठेपछि कफी पिउने उनको बानी हो । साथमा उनले वर्कआउट गर्नुअघि एउटा केरा खाने गरेको समेत भारतीय सञ्चारमाध्यममा बताएकी छन् । लञ्चमा मन्दिराले रोटी–दाल र साग खाने गरेको समेत भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।
मन्दिरा भेजिटेरियन हुन् । तर उनले प्रोटिनका लागि अण्डा खाने गरेको बताएकी छन् ।