काठमाडौँ । कोटेश्वरस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयले फरक शैलीमा बाल दिवस मनाएको छ । उनीहरूले घरबाट आलु र प्याज ल्याएर बाल आश्रममा दान गरी बाल दिवस मनाएका हुन् ।
बाल दिवसका अवसरमा विद्यार्थीलाई १/१ ओटा ठूला-ठूला आलु र प्याज ल्याउन लगाइएको थियो । कसले सबैभन्दा ठूलो ल्याउने भन्दै प्रतियोगिता नै भयो । विद्यार्थीले ल्याएका सबै आलु र प्याज जम्मा पार्दा करिब ५० किलो आलु र ३० किलो प्याज सङ्कलन भयो ।
सबैभन्दा ठूलो आलु ७ सय ग्राम र प्याज ३ सय ग्रामको थियो ।
त्यसपछि उनीहरूले केही सामग्री थप गरेर नजिकको बाल आश्रममा दान गरेर बाल दिवस मनाए ।