भदौ ३०, २०७९ बिहिबार

युवा गायक एवम् संगीतकार जोसेफ शाही ठकुरीको देउडा शैलीको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक भएको छ । उनको आधिकारीक युट्युब च्यानलमा शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द, संगीत जोसेफ आफैले सिर्जना गरेका हुन् । पुरुषोत्तम सुवेदीको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको गीत ए–वन म्युजिसीयन स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा चर्चित मोडल बिना राउत, सुरज मल्ल, भद्र कुँवर, सङ्गकला गौतम र सचिन गौतम लगायतको अभिनय हेर्न सकिन्छ । बसन्त कुँवरको छायाँकन र टेकेन्द्र शाहको दृश्य सम्पादन रहेको ‘दरबारे माया’ गीतको भिडियो निर्देशन गौरब गिरीले गरेका हुन् । 

‘दरबारे माया’ आधुनिक शैलीको देउडा गीत हो । गाउँबाट ठूलो सपना बोकेर शहर छिरेको एकजना सोझो युवा धनाढ्य महिलासँग प्रेममा पर्छ । तर, शहरीया प्रेमीकाबाट धोका पाएर सबैथोक गुमाएपछि ऊ गाउँ फर्किन्छ । चोखो माया गर्ने आफुजस्तै इमान्दार केटीसँग घरजम गरेर गाउँमै बस्ने तयारीमा जुटेको युवाको कथा गीतमा समेटिएको छ ।

यसअघि गायक जोसेफले गाएको गीत ‘पियारी’ अत्याधिक रूचाइएको थियो । त्यही शैलीको तर अलि फरक भावमा प्रस्तुत गरिएको गीत ‘दरबारे माया’लाई फेरि पनि आम श्रोता, दर्शकले मन पराउने अपेक्षा रहेको गायक जोसेफले बताएका छन् ।

हेर्नुहोस् म्युजिक भिडियो