साउथ इन्डियन सुपर स्टार रश्मिकाकाले यि नेपाली नानिको नृत्य मन पराएर दिइन टुइटर मा यस्तो प्रतिक्रिया आफ्नो हिट फिल्म पुष्पाको चर्चित गीत ‘स्वामी स्वामी’मा नेपाली क्युट बालिका नाँचेको भिडियो सेयर गर्दै रश्मिाले देखाइन् भेट्ने इच्छा
साउथकी बहुचर्चित नायिका रश्मिका मन्दाना पछिल्ला दिनमा फिल्म ‘पुष्पा’ का कारण थप चर्चामा छिन् । पुष्पा रश्मिकाका लागि यस्तो बरदान सावित भयो की उनको पारिश्रमिक समेत बढ्न पुग्यो ।
उनै सुन्दरी रश्मिाकालेले आफ्नो चर्चित गीत ‘स्वामी स्वामी’मा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छन् ।
ट्विटरमा नेपालको मकवानपुर हेटौंडाकी स्कुले विद्यार्थीको भिडियो सेयर गर्दै रश्मिाले मैले कसरी भेट्ने उनलाई भनेर जिज्ञासा समेत राखेकी छिन् । रश्मिकाले ट्विटरमा भनेकी छिन् ‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु ।
कसरी भेट्न सक्छु ?’ ती बालिकाले नेपालमा समेत सुपरहिट भएको दक्षिण भारतीय फिल्म पुष्पा: द राइजमा समावेश गीत ‘स्वामी स्वामी’को गीतमा स्कुलमा डान्स गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।
‘पुष्पा’को पहिलो श्रृंखलाले नेपाली बक्स अफिसमा झण्डै १० करोड रुपैयाँ ग्रस कमाइ गर्दै व्इापक चर्चा बटुलेको थियो ।