भदौ ३१, २०७९ शुक्रबार

चलचित्र विकास बोर्डले सल्लाहकार समिति गठन गरेको छ । निर शाहको संयोजकत्वमा बोर्डले गठन गरेको समितिमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् । गठन भएको समितिमा एक जना पनि महिला नभएको बहस यतिबेला समाजिक संजालमा भैरहेको छ।

तर यो बहसको भिडमा भुवन केसीको नेतृत्वमा रहेको बोर्डले सल्लाहकार समितिमा अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई समावेश गर्ने तयारीमा रहेको बुझिएको छ। विस्वस्त श्रोतका अनुसार आइतवार दिपाश्रीलाई समिति सदस्यको औपचारीक रुपमा घोषणा गर्ने तयारीमा बोर्ड रहेको छ।