काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आएका नेविसंघका नेता, कार्यकर्तालाई कर्मचारीले घेराबन्दी गरेका छन् ।
विश्वविद्यालयसँग वार्ताका लागि कीर्तिपुर पुगेका नेविसंघ कार्यकर्तालाई विरोधस्वरूप घेराबन्दी गरिएको एक कर्मचारीले बताए ।
असार २७ गतेदेखि रजिष्ट्रार, आर्थिक प्रशासन महाशाखा लगायतका ठाउँमा तालाबन्दी गरेपछि कर्मचारीले साउनदेखि तलब पनि पाउन सकेका छैनन् । कर्मचारीको सरुवा, बढुवाका काम पनि रोकिएपछि उनीहरु नेविसंघसँग असन्तुष्ट बन्दै आएका छन् ।