असोज २, २०७९ आइतबार

थुनामा परेका पल (पूर्णविक्रम) शाहको पेसी दोस्रोपटक स्थगित भएको छ । जिल्ला अदालत तनहुँमा आइतबारका लागि पेसी तोकिएकोमा न्यायाधीश अनुपस्थित भएपछि पेसी स्थागित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले बताए ।


उनका अनुसार आइतबार बिहान गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो । उनले भने, ‘पहिलो नम्बरका न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको हो । अर्को पेसीको मिति बेलुकासम्म आउँछ ।’

गत भदौ १५ गतेका लागि तोकिएको पेसी पनि स्थगित भएको थियो ।