असोज ३, २०७९ सोमबार

ग्रहहरूको गोचर हेर्दा यो ग्यालेक्सीमा ई.सं. २०२२/२०२३ बैशाखबाट उता अझ जटिल र २०२४ को ग्रहको युति अझ अफ्ट्यारो छ। विश्वमा अनेकन उथलपुथलका संभावनाहरू देखिन्छन्।

जहाँसम्म राजनैतिक विश्लेशकहरूको विश्लेषण छ, धेरै हदसम्म ज्योतिषीय गणनामुताविक पनि मिलेको छ। २०२५ मा गएर विश्व मानचित्रमा धेरै देशहरूको अस्तित्व मेटिने र धेरै फेरि नयाँ देशहरू जन्मने सम्भावनालाई नकार्न सकिन्न।

भारतका आँखाबाट नेपाललाई 'रअ' नामक भारतीय जासुसी संस्थाको सहयोगमा अमेरिका हेर्ने गर्थ्यो, त्यो अब छैन। अमेरिका सिधै आफैं नेपाल हेरिरहेको छ। भारतले रुससँग हात मिलाएको कारण अमेरिका भारतसँग टाढिएको अवस्था र चीन, भारत र रुस मिलेको अवस्था छ। तसर्थ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अखण्ड भारत नामक नारामा नेपाल, पाकिस्तान, बंगालादेश, श्रीलंका र अफगानिस्तान समेत पर्छन्। भारतीय सामाजिक संजालमा मोदीलाई कल्की अवतारको संज्ञासम्म दिन्छन्, अभियानकै रूपमा दिन थालिएको छ। अपितु उनको निचभंग लग्नको मंगल र साथको चन्द्रमाले 'म भगवान नै हूँ' भन्ने भ्रम पनि मोदीमा देखिन्छ। र निचो मंगलका कारण उनको महत्वाकांक्षा आकाशिन्छ पनि। तथापि त्यो राज्येश मंगलले उनलाई छिटै पतनको दिशातिर धकेल्ने छ।

दक्षिण एसियामा नेपालका अदूरदर्शी स्वाँठ नेताहरूले युक्रेनलाई समर्थन गरेकाले चीन झस्केको छ। भारत यो मौका छोप्न आतुर छ अझ खासमा मोदी ज्यादा आतूर देखिन्छन्। राजालाई नाटकीय सम्मान गरेको देखेर राजावादीहरू भारतले नेपालमा राजा ल्याउन र चीनले पनि सहयोग गर्छ भनेर भ्रम पालिरहेको नेपाली युट्युवहरूमा धेरै देखियो। यद्यपि यो भ्रममात्र हो। चीन नेपालसँग अमेरिकीहरू नेपाल बसेर तिब्बतलाई खल्बल्याउने र दलाईलामालाई वा उनका उत्तराधिशलाई शासन सुम्पन सक्छ भन्ने भ्रममा पर्नु स्वाभाविक हो। भारत खासगरी मोदी यो फाइदा उठाएर नेपाललाई सिक्किमीकरण गर्न नागरिकता विधेयक र अग्निपथ नामक गोर्खाभर्तिलाई नेपालबाटै भर्तिलिई बिश्वब्यापी रुपमा नेपाललाई भारतको अधिनस्थ भूभागको रुपमा देखाउन चाहन्छन्। नेपाल वान टेलिभिजन नेपाल आउनु र नयाँदिल्लीबाट समाचार प्रसारण गर्नु पनि एउटा प्रान्तीय डिजाइनमै पर्दछ। स्मरण रहोस्, २०५८जेठ १९ को घटना पछि नै २०५९ सालको असोजबाट सायद यो च्यानल प्रसारण भएको हो। तसर्थ यो भारतीय डिजाइन होइन भन्ने ठाउँ नै छैन। अतः या त सकेदेखि सिक्किम भएन भने भुटान जस्तो बनाउन चाहन्छ भारत हाम्रो देश नेपाललाई।

नेपाललाई संयुक्त राष्ट्र संघको सदस्यता दिलाउन, शान्ति क्षेत्रको प्रस्ताव अघि बडाउन अमेरिकी सहयोग थियो तथापि भारत र उसको इशारामा रुस नेपालको पक्षमा थिएन। अहिले पनि छैन। मैले यो भनिरहँदा अमेरिकाको पक्षधर भएको होइन ऐतिहासिक पृष्ठभूमिलाई मात्रै स्मरण गराएको हूँ।

अब आफू एक आध्यात्मिक मानिस भएको कारण र ज्योतिषको बिद्यार्थी भएको आधारमा म के भन्न सक्छु भने नेपाललाई खान भारतले तवसम्म सक्ने छैन जवसम्म नेवारी कल्चर र यो उपत्यकाका शहरहरू तान्त्रिक डिजाइनबाट यान्त्रिक आर्किटेक्टका आधारमा बनाइएका छन्। नेवारी सम्प्रदायले धर्मको रक्षा गरिरहेकाले कुनै देशले यो उपत्यका लिन सक्ने छैनन्। त्यसैले कहिले पात्रो परिवर्तन गराउन खोजे बिदेशीले, कहिले मन्दिर भत्काउने षड्यन्त्र गरे बिदेशीले, कहिले देवताको गुठी मास्न खोजे बिदेशी डिजाइनमा यहाँका शासकहरूले।

स्मरण रहोस्, राजा बीरेन्द्रले २०४२ सालमा गुठी रैतानी नियम बनाए पछि उनको सत्ता गयो । दरवारमा बसेर पश्चिमी शैलीमा मदिरपान इत्यादि गर्नाले र निमुखा जनताले दुखः पाउनाले उनले दैविक दण्ड पाएर सर्वस्व भयो, तसर्थ जबसम्म शासक जोकोही होस् यी कुराहरूमा ध्यान नपुर्याउनेले सत्ता गुमाउनु पर्छ। पछि पनि केपी ओलीले गुठी चलाउनाले सत्ताबाट हिँड्नु परो। तसर्थ जसजसले शिवस्व, देवश्व, ब्रम्हश्व र राजश्वको अपचलन गरेको छ। पाँच हजार बर्ष प्रकृतिले संसारमा यी सब कुरा हेरी बसिन्।

अब परमात्माले शासन सत्ता आफ्नो हातमा मानिसबाट खोसेर लिई सकेको अवस्था छ। तसर्थ जो जस्को अस्तित्व हो, त्यो उसैको हुनेछ। नेपाल देवभूमी हिमवत खण्ड हो, भारत होइन । यहाँ महाभारत युद्ध जिताउन मृगस्थलीमा किराँतेश्वर महादेव प्रकट भएर अर्जुनलाई पाशुपत अस्त्र दिएको ठाउँ हो, जो अहिलेको परमाणु बम भन्दा शक्तिशाली अस्त्र हो। तसर्थ नेपाल खान कसैले सक्दैन। अतः यी दृश्यहरू अब फेरि दोहरिने छन्। भारतीय नेता नरेन्द्र मोदी निकै ठूलो भ्रममा फसेका छन्। उनको सपना किमार्थ सफल हुने छैन नेपाल राज्यका हकमा।

जहाँसम्म महाराजको सत्ता आरोहणको कुरा छ, महाराजले दिनदुखीको सेवा गर्ने, धर्मको रक्षा गर्ने र केही राजकाजका कुराहरू ज्ञानलिने अनि ढलिरहेको किराँतेश्वको लिंग क्षमा मागेर उठाएको खण्डमा संभव छ, अन्यथा गाह्रो छ।

राजा बीरेन्द्र सरकारका बाहुलीबाट पुरस्कार लिइयो। भेट गरेका बखत  जानेको सल्लाह दिइयो। फिस्स हाँसिदिने यद्यपि काम कहिले भएन। सचिव हावी हुने गलत परम्परा छ त्यहाँ। अहिले पनि त्यस्तै छ। त्यो माथि भने मुताविक राजाले आफ्नो हातबाट पूजा गर्न किन पशुपति गुठी कुर्नु, कति रुपैयाँ लाग्ने हो र। राष्ट्रपतिले पूजा गरेर हुन्न, नेताले गरेर हुन्न। अतः यो भूमि राजाकै हो। यो भन्दा अरू के सल्लाह दिनु। राजालाई सचिव चाहिन्न। पुरानो होइन युवा पुस्ताका सक्षम मानिस सचिवालयमा राख्नु परो राजाले वरिपरि। परम्परागत सोच र संकीर्ण व्यवहारबाट आधुनिक संसारलाई फराकिलो दृष्टिले हेरेर काम गर्नुपर्यो। जुनकुरा पुराना कर्मचारीबाट असम्भव छ।

अस्तु।
✍️  यो लेख उदय निरौलाको फेसबुकबाट साभार गरिएको हो ।