असोज ४, २०७९ मंगलबार

काठमाडौं । प्रताप दास र निरुता राईको स्वरमा रहेको गीत ‘मायाको संसार’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत र माहाराज थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आदित्य बुढाथोकी निर्देशन रहेको भिडियोमा राज टाईगर र ऋचा थापालाई फिचर्ड गरिएको छ । मुकेश हुमगाईंंको छायांकन रहेको भिडियोमा केशवराज भट्टको कोरियोग्राफी र पदम सुवेदीको सम्पादन छ । भिडियो सदीक्षा फिल्मस्को युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।