अभिनेत्री करिश्मा मानन्धरले प्रेम गीत-३ लाई विभिन्न भाषामा डब गरी संसारभर देखाउनुपर्ने बताएकी छन् । चलचित्र अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शित हुने खालको भए चलचित्र विकास बोर्डसमेतको लगानीमा यसलाई अङ्ग्रेजी, इटालियन, कोरियन, चिनियाँ भाषामा पनि डब गर्न सकिने उनको भनाइ छ ।
हिन्दी भाषामा पनि डब भएका कारण चलचित्र विकास बोर्डले प्रेम गीत-३ लाई विदेशी फिल्मका रूपमा कर लगाउने हल्लाका माझ करिश्माको बयान आएको हो । चलचित्र विकास बोर्डले प्रेम गीत-३ लाई निर्धारित समयमै हलमा लाउन नसघाएकोप्रति करिश्माको गुनासो छ ।
‘अलिकति समय यताउता भयो भने विदेशी सिनेमासँग प्रतिस्पर्धा गरिरहेको नेपाली चलचित्रको हालत के हुन्छ, यो उहाँ विज्ञहरूलाई जति अरु कसलाई थाहा होला रु’, करिश्माको प्रश्न छ ।
बोर्डका अध्यक्ष भुवन केसीले नायक प्रदीप खड्कालगायत अभिनित चलचित्रलाई अप्ठेरो पार्ने काम गरिरहेको आरोप छ । सन्तोष सेन निर्देशित यो फिल्म नेपालीसँगै हिन्दी भाषामा पनि डब गरिएको छ । भारतमा चलचित्रको राम्रो प्रचारप्रचार भइरहेको छ ।
करिश्माको स्टाटस ।
कहिलेकाहीँ नबोलूँभन्दा पनि बोल्नुपर्ने रहेछ!
सही बोल्दा खाएको गाली, हरेक विवादित विषय बोल्दा अमृतसरह मानेर सहेकी छु ।
झन् विषय आफूलाई कर्ममा जन्मदिने क्षेत्र भएपछि बोल्नु अनिवार्य हुन्छ । समयले सत्य प्रमाणित गर्छ भन्ने राम्रोसँग थाहा छ ।
सन्दर्भ 'प्रेम गीत-३'
मेरो विचारमा यो चलचित्र कुनै भाषा त के झमुक ञ चलचित्र भए पनि विवादरहित भएर सबैको साथ र सहयोग पाउनुपर्थ्यो । यसै पनि नेपाली चलचित्र विश्वबजारसम्म नपुगेको वर्तमान अवस्थामा,
नेपालीले नेपाली पैसा लगानी गरेको यो चलचित्र, नेपालकै सुन्दर दृश्यहरू समेटेको यो चलचित्र, नेपालकै कथामा बनेको चलचित्र, नेपाली टेक्निसियनहरूले काम गरेको यो चलचित्रलाई विदेशी भूमिमा चलाउनकै लागि त्यो मुलुकको भाषामा स्वराङ्कित डब्ड गर्यो त के नराम्रो भयो ?
भाषा एउटा माध्यम हो । तिनले हाम्रो भाषा बुझ्दैनन् । त्यसैले सो कार्य गरियो होला ।
ठीक छ तपाईंको विधानमा या नियममा तेस्तै प्रावधान होला, विदेशी भाषिक चलचित्रलाई निश्चित प्रतिशत कर लगाउने ११ लगाउनुस् तर त्यत्रो लगानी भएको चलचित्रलाई तोकेको समयमै चलचित्र हलमा लगाउनका लागि सघाउनु पर्दैन ?
अलिकति समय यताउता भयो भने विदेशी सिनेमासँग प्रतिस्पर्धा गरिरहेको नेपाली चलचित्रको के हालत हुन्छ रु यो उहाँ विज्ञहरूलाई जति अरु कसलाई थाहा होला रु
अझ मेरो सुझाव त के छ भने,
येदि झप्रेम गीत-३ ञ त्यति स्तरीय बनेको छ र नेपाली चलचित्र भनेर इन्टरनेसनल्ली देखाउने क्षमता राख्छ भने यो चलचित्रलाई विभिन्न भाषा, अङ्ग्रेजी, चाइनिज, इटालियन, जापानी, कोरियन ...
सबै भाषामा स्वराङ्कन गर्नुपर्छ र संसार भरिनै देखाउनु पर्छ ।
यसमा विकास बोर्डले सहुलियत लगानी गर्नुपर्छ । आखिर विकास बोर्ड त्यसैका लागि स्थापना भएको हो । यो संस्थाले चलचित्र कर्मीहरूको मुस्किलको गाँठो फुकाउने हो । नियमहरू हामिले नै निर्माण गरेका हौँ र अफ्नो क्षेत्रको विस्तार गर्न र समृद्ध बनाउन नियमहरूलाई परिमार्जन गर्न पनि सक्नुपर्छ ।
रह्यो राष्ट्रियता र विदेशी चलचित्रलाई गर्नुपर्ने नियमको कुरा ।
नेपाली चलचित्र क्षेत्रले हरदम राष्ट्रको पक्षमा मुलुकलाई चिनाउने काम गरेको छ ।
नेपालमा कामगर्ने उपकरण नहुँदा पनि त्यही छिमेकी मुलुकका उपकरण प्रयोग गरेर नेपाली चलचित्र बनाएर यो क्षेत्रको जग हालेको छ । मुलुकको लाखौं नागरिकलाई रोजगारी दिएको छ ।
हामी चलचित्रकर्मीले निजी स्वार्थबाट उठेर यो क्षेत्रलाई अगाडि लैजानुपर्छ ।
यो विवाद यसरी आउनु हुँदैन ।
तर विदेशी लागानी र विदेशी चलचित्रहरूलाई पक्कै पनि त्यहीअनुरूपको कानुन भने निर्माण गरिनुपर्छ ताकि नेपाली चलचित्र अन्यायमा नपरोस् । हिन्दी या विदेशी चलचित्र आउनासाथ सेन्सर गरेर देखाउन हतार गर्ने ।
अनि त्यहीँनेर नेपाली लगानीमा बनेको नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन डब्ड हुँदैमा किन यस्तो जटिल भएको ?