भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जोडेर बलिउडमा ‘मोदीजी की बेटी’ चलचित्र आउँदैछ । फिल्मको ट्रेडर सोमवार सार्वजनिक गरिएको छ ।
सामाजिक सञ्जालमा ‘मोदीजीकीबेटीट्रेलर’ भाइरल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मी क्षेत्रबारे जानकारी नराख्नेलाई झुक्याउने गरी आएको फिल्मको नामबारे मिम समेत बनेका छन् । फिल्म १४ अक्टोबरमा सार्वजनिक हुनेछ ।
एडी सिंहद्वारा निर्देशिक फिल्ममा विक्रम कोचर, तरुण खन्ना, पितोबाश त्रिपाठी र अवनि मोदीको मुख्य भूमिका छ ।
हेर्नुहोस् भिडियो –