मधेस प्रदेश ट्राफिक कार्यालय पथलहियाको तथ्यांकअनुसार त्यहाँ दैनिक १४ वटा सवारी दुर्घटना हुने गरेको छ । दैनिक दुर्घटनामा २४ जना मानिस घाइते हुने र एक जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको हो ।
यस आर्थिक वर्षको साउन र भदौमा मात्र प्रदेशभरि कूल ८ सय १४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४७ जना पुरुष, ११ जना महिला तथा ५ जना बालबालिका गरी ६३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलहियाका सूचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले बताएका छन् ।
दुर्घटनामा परेर १ हजार २ जना पुरुष, २ सय ७४ महिला तथा १ सय ३१ जना बालबालिका घाइते भएका छन् ।