असोज ७, २०७९ शुक्रबार

महेश सिंह, सिरहा । सिरहाको सखुवानानकारकट्टी गाउँपालिकामा मुस्लिम समुदायले मोहरम महोत्सव सुरु भएको छ । प्रत्येक वर्ष असोज महिनामा मुस्लिम समुदायका व्यक्तिहरूले मोहरम पर्व मनाउने गरेका छन्। मोहरम इस्लामिक क्यालेन्डरको पहिलो महिनाको नाम हो । यो महिनाबाटै इस्लामको नयाँ वर्ष सुरु हुन्छ।

यस महिनाको १० औं दिनलाई आशुरा दिवस भनिने गरिन्छ । यस दिनलाई क्यालेन्डरमा मोहरम भनिन्छ। मोहरम महिनामा इस्लाम धर्मकका संस्थापक हजरत मुहम्मद सल्लाल्लहु तला अलिस्लमका कान्छा नाति इमाम हुसेन र उनका साथीहरू इराकको कर्बला शहरमा याजीदका फौजसँग लडिरहेको बेला शहीद भएका थिए ।

इमाम हुसैनलाई यसकारण याजीदसँग आपत्ति थियो । धोका, झूट, हेरफेर, जुवा, मदिरा जस्ता चीजहरू इस्लाममा निषेधित छन्। हजरत मुहम्मद सल्लाल्लहु तला अलिस्लमले यी निर्देशनहरूको पालना गरे र सबै मुस्लिम र उनको परिवारलाई यी इस्लामिक सिद्धान्तहरू अनुसरण गर्न निर्देशन दिएको स्थानीय मोहम्मद रहमुल मियाँ बताउँछन्।

बकरइद पर्वको ४० दिनपछि चालिसमा मेला लगाउने गरिन्छ र यस मेलामा विभिन्न कागजी फूलले सिङारिएर दाहा बनाउने गरिन्छ । ४ दिनसम्म यो मेला लाग्ने गरेको छ। यस मेलामा विभिन्न ठाँउबाट कलाकारहरू आएर खेल देखाउने गरिन्छ । यो मेला एउटा शारीरिक स्वच्छताको मेला पनि हो।

अर्कोतर्फ जहाँ इस्लाम देखा पर्‍यो, त्यहाँ मदीनादेखि केही टाढा ‘शाम’ मा मुआविया नामको शासकको अवधि थियो। मुआवियाको मृत्युपछि, याजीद शाही उत्तराधिकारी भए । जसमा सबै अपराधीहरू उपस्थित थिए । उनी शामको सिंहासनमा बसे। याजिद इमाम हुसेनलाई उनको सिंहासनमा बसेको कुरा पुष्टि गर्न चाहन्थे किनकि उनी मुहम्मद सल्लाल्लहु तला अलिस्लमको सदस्य हुन् र त्यहाँका जनतामा उनको राम्रो प्रभाव थियो। हजरत मुहम्मद सल्लाल्लहु तला अलिस्लमको घरले याजिद जस्ता व्यक्तिलाई इस्लामिक शासकका रूपमा लिन अस्वीकार गर्‍यो किनकि इस्लामी मूल्यहरू याजीदको कुनै महत्त्वका थिएनन् – मोहम्मद हन्सु मियाँ भन्छन् ।

खास गरेर दाहा मेलालाई चालिसमा मेला अर्थात मोहरम भनिने गरिन्छ। मेलामा रमाइलो गर्नका छिमेकी मुलुक भारतका खुटौना ,ललमनियाँ, दुर्व्बोनालगायत नेपालका बेलही, मेहेश्वारी, नवराजपुरलगायतका ठाउँका कलाकारहरू फर्सा लौरो, तलवार लिएर एक आपसमा रमाइलोका लागि खेल खेल्छन् । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष केदार नाथ यादवले गरेका थिए।