असोज ७, २०७९ शुक्रबार

मुस्ताङ गण्डकी प्रदेशमा पर्छ भने डोल्पा कर्णालीमा पर्छ । तिनै हिमाली जिल्ला मुस्ताङ र डोल्पा अहिले सडक सञ्जालले जोडिएको छ । यसलाई दुई प्रदेशबीचको कनेक्सनका रूपमा समेत लिइएको छ । यी दुई जिल्ला जोड्नका लागि कालीगण्डकीमाथि एक्लेभट्टी पाक्लिङ पुल बनाइएको हो ।


निर्माणको सम्झौता भएको ७ वर्षपछि मात्रै पुल निर्माण सकिएको हो । यहाँ पुल बनाउनका लागि २०७२ सालमा तत्कालीन मुस्ताङ जिल्ला विकास समितिले ठेक्का लगाएको थियो । १२ करोड १३ लाख लागतमा सम्झौता भएको पुल १ सय २० मिटर लामो छ ।