असोज ११, २०७९ मंगलबार

बझाङ । खप्तड राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आएका भारतीय नागरिक घाइते भएका छन् ।

भारतका ज्ञानेशकुमार पाण्डेय लडेर घाइते भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको श्री सिंह शार्दुल गणका गणपति सेनानी बिनोदबहादुर सिलवालले बताए ।


घाइते पाण्डेयसहित उनकी श्रीमती अनुपमा पाण्डेय र उनीसँगै आएका एक जना नेपाली सहयोगीलाई नेपाली सेनाको वेल हेलिकप्टरमार्फत सोमबार साँझ धनगढी पठाएको छ ।