असोज १३, २०७९ बिहिबार

 

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नेपालमा भोकमरी समस्या आउन सक्ने संकेत गर्दै भोकमरी आउन नदिन समयमै उत्पादनमा जोड दिन आग्रह गरेका छन् । देशभित्र उत्पादन नभएको र सबै खानेकुरा बाहिरबाट खरिद गर्नुपर्दा मुद्रा सञ्चिति घट्दै गएको उनको तर्क छ ।

भारतले कुनै पनि समयमा नाकाबन्दी गरेमा नेपालमा केही महिनामै भोकमरी समस्या उत्पन्न हुने उनले बताए । ‘हामी अरूको भरमा पर्दा अर्काको नाका बन्द भयो भने भोकमरी लाग्ने अवस्था छ,’ उनले भने, ‘अब हरेक गाउँमा कृषि उत्पादन आवश्यक छ । त्यसको नेतृत्व सहकारीले गरिदिए व्यावसायिक रूपमा उत्पादन बढ्थ्यो ।’

खेतबारी बाँझै हुनु र मैदानी भागमा घर बनाउने प्रवृत्तिले उत्पादनमा ह्रास आइरहेको उनको भनाइ छ ।