काठमाण्डौँ । गायक सन्तोष कटवालको स्वरमा रहेको “ए सानी” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष कट्वालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।
मौलिक नेपाली शब्दहरूलाई गीतमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । मायालु प्रेमिल जोडीबीचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । दिनेश पराजुलीको छायांकन, अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयमा नेपाली सुगम संगीतको निर्देशनमा सर्वाधिक चर्चामा रहेका भिडियो निर्देशक जसबहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सन्तोष कट्वाल र मौसमी खनालको अभिनय देख्न सकिन्छ ।