असोज १५, २०७९ शनिबार

काठमाडौँ । दसैँको अवधिमा काभ्रे जिल्लाभर टिपर सञ्चालन गर्न रोक लगाइएको छ ।

दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिपर नचलाउने निर्णय भएको हो।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलेको अध्यक्षतामा बसेको सार्वजनिक यातायात व्यवसायीहरूको बैठकले यस्तो निर्णय गरेको हो।