असोज २१, २०७९ शुक्रबार

महेश सिंह, सिरहा - नेपाली काङ्ग्रेसका नेता अरुण केसीले सिरहा क्षेत्र नम्बर १(१)को प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फबाट आफूले टिकट पाउनु पर्ने बताएका छन् ।

केसीले २०४३ सालदेखि राजनीति गर्दै लहानमा रिक्सा संघ समेत गठन गरी राजनीति सुरु गरेका हुन्। २०४८ सालदेखि नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरु गरेका केसीले नेवि संघ जिल्ला उपसभापतिको जिम्मेवारी समेत समालेका थिए।