नेकपा (माओवादी केन्द्र)ले शनिबार मात्रै एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई दैलेखका क्षेत्र नं.–२ (ख) मा चुनाव लडाउने भएको छ ।
उनले शनिबार साँझ मात्रै एमाले परित्याग गरेको घोषणा गरेका थिए । उनी घनश्याम भुसाल निकट मानिन्छन् ।
शाहीले एमालेबाट प्रदेश सभाका लागि टिकट नपाएका कारण एमाले परित्याग गरेका थिए । यता माओवादीबाट सिफारिसमा परेका उपेन्द्रकुमार रावत ‘सुशिल’ लाई ब्याक गराउने गरी माओवादी नेताहरू छलफलमा रहेको छन् । यससँगै दैलेख माओवादीमा नयाँ तरङ्ग आएको छ ।