असोज २४, २०७९ सोमबार

महेश सिंह, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ११ पडरिया थारुटोलमा २०५३ सालमा बुवा खड्गनारायण चौधरी र आमा मन्जु पोखरेलको  कान्छो छोराका रूपमा जन्मिएका मनिष चौधरी गायन क्षेत्रमा लोकप्रिय बन्दै गएका छन्।  बाल्यकालदेखि बुवाको काखमा बसेर संगितका सुर गुनगुनाउदै गायन क्षेत्रमा लागेका हुन ।

चौधरीले हिमालय टेलिभिजनबाट प्रत्येक हप्ताको शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुँदै आएको कार्यक्रम द भ्वाइस अफ नेपालमा ब्लाईन्ड अडिसनमा हजार जूनीसम्म बोलको गीत गाएर चर्चा कमाएका हुन् ।

गायक चौधरी छनोटपश्चात् प्रमोद खरेलको टिममा गएका छन् ।