असोज २४, २०७९ सोमबार

काठमाडौं । नेकपा एमालेकी नेत्री तथा अभिनेत्री करिश्मा मानन्धरले पार्टीबाट टिकटको आकांक्षा गरेकी भए पनि नपाउँदा विद्रोह नगर्ने आफ्नो स्वभाव रहेको उल्लेख गरेकी छिन्।


उनले फेशबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवान्ले सबै दिए। तर, आज महसुस हुँदै छ।
बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो।’

उनले टिकट नपाएपछि पार्टी नेतृत्वमाथि असन्तुष्टि पोखेकी छन्। बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु उपयुक्त हुने महसुस गरेको उल्लेख गरेकी छिन्।