असोज २६, २०७९ बुधबार

धवलागिरी आधार शिविरमा आरोही लिएर जाँदै गरेका पथ प्रदर्शक र भरिया २ नेपालीको मृत्यु भएको छ । उनीहरू दशैंअघि त्यसतर्फ गएका थिए ।
अत्यधिक हिउँ परेको र हिउँले नै पुरिएर उनीहरुको मृत्यु भएको हो । तर उनीहरुको पहिचान भने खुलेको छैन । हिउँमा ४५ भन्दा बढी घोडा खच्चड पनि बेपत्ता भएका छन् । आधार शिविरबाट ४ गोठालाको उद्धार गरिएको छ ।