असोज २६, २०७९ बुधबार

चितवन । लक्की मिडिया हाउस चितवनले आइएसएमटी सांगीतिक साँझमार्फत् कलाकारलाई सम्मान गरेको छ । भरतपुरमा गरिएको कार्यक्रममा गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री घनश्याम दाहाल ‘अविनाश’ हुनुहुन्थ्यो भने विशेष अतिथिमा फिजिसियन तथा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा।भोजराज अधिकारी रहनुभएको थियो ।

लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’का अनुसार सो अवसरमा सञ्चारउद्यमी नवीनराज पौडेललाई पनि सम्मान गरिएको थियो ।