असोज २७, २०७९ बिहिबार

दशैँ तथा तिहारका अवसरमा लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक भएको छ । अजय पोखरेलको शब्दमा बगेको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो ।

 

गीतमा ईन्द्र दाहालको सङ्गीत, विशाल निरौलाको एरेञ्ज र कुमार रानाको मिक्सिङ-माष्टरिङ रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीको अभिनय रहेको छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मेहनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता÷दर्शकमाझ पस्किएका छौँ, सबैको माया पाउँनेमा हामी आशावादी छौँ’, सङ्गीतकार दाहालले भने । गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।