असोज २७, २०७९ बिहिबार

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजकि गरेको कार्यतालिकाअनुसार एसईई चैतको दोस्रो साताबाट हुने भएको छ ।


त्यस्तै नतिजा भने २०८० सालको असार तेस्रो साता प्रकाशन हुने भएको छ ।

परीक्षाका लागि आवेदन छपाइ र वितरण कात्तिक मसान्तसम्ममा प्रदेशले गरिसक्नु पर्ने छ । त्यस्तै, जिल्लाले फारम भनेर मंसिर मसान्तसम पठाइसक्नु पर्ने छ । पुष मसान्तसम्म आवेदन फारम इन्ट्रि गरिसक्नु पर्ने, माघ पहिलो हप्ता परीक्षाको समय तालिका सार्वजनिक गर्नुपर्ने छ ।