असोज २८, २०७९ शुक्रबार

बैंकहरूले मनपरी तरिकाले ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीहरूले बजार बन्द गरेका छन् । निजी क्षेत्रले बजार बन्द गर्ने निर्णयसँगै शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगर सुनसान छ ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैंकले ऋण लगानीको ब्याज महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको बताए । बैंकको मनपरीतन्त्रले निजी क्षेत्र धरासायी बन्दै गएको उनीहरूको भनाइ छ ।