काठमाडौँ । आजदेखि देशभरका सिनेमा घरबाट सिनेमा ‘हिजो आजका कुरा’ प्रदर्शनमा आएको छ । हास्य सिरियलकै मुख्य कलाकारद्वय सन्तोष पन्त र रमा थपलियाको अभिनय रहेको सिनेमाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठान गरेको छ ।
‘माया जदौ’ गीतका कारण प्रदर्शनअगावै चर्चामा रहेको सिनेमाले अधिकांश सिंगल थिएटर आफ्नो अधिपत्ते जमाएको छ भने मल्टीप्लेक्सहरुमा पनि सुखद् शोज हात पारेको छ ।