प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले पनि कांग्रेसबाट सरकारमा मन्त्री रहेका तीन जनालाई हटाएको छ । मुख्यमन्त्री राउतले पनि काँग्रेसबाट सरकारमा रहेका यी तीन जना मन्त्रीसँग राजीनामा माग गरेका थिए । तर उनीहरूले राजीनामा दिन अस्वीकार गरेपछि मुख्यमन्त्री राउतले उनीहरूलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट मन्त्री हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मा रहेका छन् ।