काठमाडौँ । सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनले आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन् । अनामनगरमा शुक्रबार बसेको नेविसंघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल(छैठौँ), समाजवादी विद्यार्थी युनियनको बैठकले यस्तो निर्णय गरेको हो ।