असोज ३०, २०७९ आइतबार

अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध चिसिएको हल्ला चल्न थालेको छ । अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेकी उनको वैवाहिक सम्बन्धमा खटपट सुरु भएको उनका mलोअरहरूले सामाजिक सामाजिक सञ्जालमा बताइरहेका छन् । 


आशिष र वर्षाको पछिल्लो क्रियाकलापले पनि उनीहरूको सम्बन्ध राम्रो नरहेको अनुमान लगाउन सकिन्छ । हालै वर्षाले श्रीमान् आशिषलाई सामाजिक संजालबाट अनफलो गरेकी छिन्, भने उनको श्रीमान् आशिषले पनि उनलाई अनफलो गरेको देख्न सकिन्छ । त्यतिमात्र कहाँ हो र, वर्षाकी आमा दुर्गा सिवाकोटीले पनि आशिषलाई अनफलो गरेकी छिन् । यी क्रियाकलापले पनि वर्षा र आशिषबीच अहिले सम्बन्ध ठीकठाक नरहेको अनुमान  गर्न सकिन्छ ।


वर्षाले गत बैशाख ९ मा आशिषसँग विवाह गरेकी थिइन् ।