हाल दक्षिण कोरियामा रहेकी संगीता कार्कीले सत्य घटनामा आधारित गीत बजारमा ल्याएकी छिन् । क्यान्सरले आमा बितेको र भाइ पनि दुर्घटनामा परेको यथार्थलाई कार्कीले गीतमा चित्रण गरेकी छिन् ।
आफू जन्मेको र हुर्केको ठाउँ अनि भन्ज्याङ, चौतारीका साथै आफ्नो अतीतका तितामीठा पलको वास्तविकतालाई उनले गीतमा उतार्न खोजेकी छिन् । कार्कीको आफ्नै जीवनमा घटेको सत्य घटनामा बनेको यस गीतलाई उनैले निर्माण गरेकी हुन् र गीतलाई एसडी योगी र सुवानी मोक्तानले स्वर दिएका छन् । संगीताको विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्वता रहेको छ ।
उनले निर्माण गरेको गीत “धागो सम्बन्धको” हो । पर्वत मल्लाज घर भई अध्ययनको सिलसिलामा दक्षिण कोरियामा रहेकी कार्की र आर्टमाण्टुको प्रस्तुतिमा बनेको यस म्युजिकल भिडियोले नेपालको वास्तविक कला, संस्कृति, चाडपर्वका साथै यथार्थ कथा र सम्बन्धहरूलाई एउटा धागामा उनेको छ ।