असोज ३१, २०७९ सोमबार

काठमाडौं । सुन्दरताको मापन गर्न ‘गोल्डेन रेसियो अफ ब्युटी’ भनिने पुरानो ग्रीक प्रविधि प्रयोग गरी विश्वकै सबैभन्दा सुन्दर महिलाको सूची सार्वजनिक भएको छ । 
बलिउड अभिनेत्री दीपिका पादुकोण संसारको दस सबैभन्दा सुन्दर महिलाको सूचीमा परेका छिन् । किम कार्दशियन, बेला हदिद, बेयोन्स र एरियाना ग्रान्डेसँगै विश्वका दस सुन्दर महिलाको सूचीमा पर्ने पादुकोण एक मात्रै भारतीय नागरिक हुन् ।

पादुकोण नवौँ सुन्दर महिलाको सूचीमा परिराख्दा विज्ञानका अनुसार उता हलिउड अभिनेत्री जोडी मेरी कोमर भने विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छिन् । अन्य दाबेदारहरू जस्तै अभिनेत्री जेन्ड्या र मोडेल बेला हदीदले शारीरिक योग्यता पूरा गरी विश्वको सबैभन्दा सुन्दर महिलाको रूपमा क्रमशः दोस्रो र तेस्रो स्थानमा आफ्नो नाम पार्न सफल भएका छन् ।

जोडी मेरीबाहेक दसको सूचीमा अन्य सेलिब्रेटीहरू जेन्ड्या, बेला हदिद, बेयोन्स, एरियाना ग्रान्डे, टेलर स्विफ्ट, जोर्डन डन, किम कार्दशियन, दीपिका पादुकोण र होयोन जंग परेका छन् ।

प्रतिवेदनअनुसार ‘गोल्डेन रेसियो अफ ब्युटी’ जसलाई फी पनि भनिन्छ, एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्नका लागि सूत्रहरू प्रयोग गरिन्छ ।