कात्तिक १, २०७९ मंगलबार

अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको छोरा अथर्व उप्रेती पनि फिल्ममा डेब्यू गर्ने भएका छन् ।

बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’ मा उनले बाल कलाकारका रूपमा अभिनय प्रवेश गर्न लागेका हुन् । फिल्ममा उनले नव–अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिका निर्वाह गर्ने बताइन्छ । 

विकासराज आचार्यको निर्देशन रहने फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं शृङ्खला हो । ‘नाईं नभन्नू ल’ को दोस्रो शृङ्खलादेखि अनुभव रेग्मी बाल कलाकारका रूपमा देखिँदै आएका थिए । तर, अहिले उनी बाल कलाकारको रूपमा नसुहाउने भएपछि नयाँ कलाकार खोज्ने क्रममा निखिल र सञ्चिताको छोरा लिएको निर्देशक आचार्यले बताए ।


फिल्ममा आँचल शर्माको पनि मुख्य भुमिका रहनेछ ।