कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जातीय विभेद र अभद्र व्यवहारविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
अपूर्वविरुद्ध अभियोग पत्र तयार भइरहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले बताए ।
जातीय विभेदसम्बन्धी कसुरमा ३ वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
अपूर्वमाथि नेवाः समुदायको भावनामा आँच पु¥याएको आरोप छ । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएको थिए । विवाद भएपछि सिंहले सो भिडियो युट्युबबाटै हटाएका छन् । उनी भदौ १२ मा पहिलोपटक पक्राउ परेका थिए ।