गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘मनको धोको’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्दरसंगीत, देवस राईको संगीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफ रहेको गीतको भिडियोमा सनम कठायत, शृष्टि खडका र शेजल आचार्यलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोतारदर्शकमाझ पस्किएका छौ,आशा छ सबैले मन पराइदिनुहुने छ’,गायिका आचार्यले भनिन् ।