कात्तिक २, २०७९ बुधबार

गत असोज २१ बाट रिलिज भएको फिल्म  हो ‘२ नम्बरी’ । बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको फिल्म शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न आउने भएको छ ।  निर्माण युनिटले २ घन्टा ७ मिनेटको फिल्मलाई  ५ मिनेट भन्दा बढी काँटछाँट गरेको फेरि रिलिज गर्न लागेको हो । निर्माता नेपालीले फिल्मको साउन्ड र सिन समेत काँटछाँट गरेर नयाँ भर्सनमा ल्याउन लागेको जानकारी दिए ।

अहिलेसम्मको प्रदर्शनबाट नाफामा गैसकेका फिल्मको तिहारमा समेत राम्रो ब्यवसाय गराउन निर्माण युनिटले नयाँ तरिकाबाट फिल्म ल्याउन लागेको हो ।  दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङको मुख्य भूमिका छ ।

काँटछाँटपछि फिल्म दर्शकले अझै रुचाउने विश्वास रहेको निर्माता नेपालीले बताए ।