अभिनेत्री केकी अधिकारी फिल्म ‘प्रसाद २’ को मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छिन् । निर्माण युनिटले मुख्य भूमिकाका लागि केकीलाई अनुबन्धित गरेको हो ।
केकी भित्रिएसँगै फिल्मको काम पनि अबअगाडि बढ्ने भएको छ । अभिनेता विपिन कार्की र निर्माण युनिटका लफडाको कारण केही अगाडि फिल्मको छायांकन रोकिएको थियो । त्यसपछि नम्रताले नभ्याउने भन्दै फिल्म छोडेकी थिइन् । सोही कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन ।
फिल्मको छायांकन अब मंसिरबाट सुरु हुनेछ । फिल्मलाई सुशील पौडेलले लेखेका हुन् भने सुवास थापाको लगानी रहेको छ ।