कात्तिक ४, २०७९ शुक्रबार

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले कमेडियन अपूर्व क्षितिज सिंहको मुद्दामाथि थुनछेक बहसपछि बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनलाई २ लाख ५० हजार धरौटीमा छोड्न आदेशमा भनिएको छ ।

स्ट्यान्ड अप कमेडी शो सञ्चालन गर्दै आएका उनले नेवार समुदायका संस्कारमाथि व्यङ्ग्य गरेका थिए । उनीविरूद्ध प्रहरीमा १०१ जनाले जाहेरी दिएका थिए। जाहेरीपरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर अनुसन्धानअघि बढाएको थियो।