काठमाडौँ । ‘दिल चोर्ने मान्छेलाई’गीतको भिडियो सार्वजनिक भएको छ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा रहेको उक्त गीतको भिडियो गीतकार उत्तम खजुम लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा कोरियामा रहेर पनि नेपाली संगीतमा क्रियाशील गीतकार उत्तम खजुम लिम्बूको शब्द रहेको छ ।
ललितपुरको सुन्दर नगरी सिकालीचौर, सेल्फी रोड, लाकुरी भन्ज्याङ्गमा छायांकन सम्पन्न भएको भिडियोमा नेपाली सिनेमा जगत्का प्रख्यात नृत्य निर्देशक कमल राईको कोरियोग्रफी तथा सुमितको सहायक कोरियोग्राफी रहेको छ ।
सी.डी विजय अधिकारीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजनमा गायिका मेलिना राईको आवाजमा स्टुडियो किङमा रेकर्ड गरिएको गीतको भिडियोमा वीरेन्द्र भाटको छायांकन रहेको छ । मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीतको भिडियोमा बिमला खजुम लिम्बू र पूर्णबहादुर लिम्बूको अभिनय रहेको छ ।
भिडियोमा पार्वती वाइबा, लाप्सन दोङ्, पूजा भट्टराई, तुलसा छेत्री, मुना लामा, जोया मगर, स्वेता मगर, बिनु मोक्तान, रिजा पाख्रिन, लक्ष्मी परियार, पेन्साङ् लामा, लक्ष्मी सुनुवार, सीमा सुनुवार, सुस्मिता थापा, सुस्मिता कार्की र सुनिता थिङ्को कोरस नृत्य रहेको छ ।
‘दिल चोर्ने मान्छेलाई’ गीतको पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।