कात्तिक ४, २०७९ शुक्रबार

अहिले भर्खरै एकजना महिला इटालीस्थित अमाल्फीको क्याथेड्रलमा नाङ्गै फोटोशूट गर्दै गर्दा पक्राउ परेकी छिन् । 

सोमबार बिहान करिब ७ः३० बजे ती शरीरको अघिल्लो भागमा रातो पछ्यौराजस्तो कपडा लिएर चर्चको ढोकामा फोटो सुट गराउँदै गर्दा भेटिएकी थिइन् । सन् १०६७ मा तत्कालीन कन्स्टान्टिनोपलमा बनेको यस चर्चका ढोकाहरू नग्न फोटो सुट हुँदै गर्दा स्थानीय मानिसहरूले स्तब्ध हुँदै हेरिरहेका थिए ।

फोटोसुट गरिएको स्थानका समुदायका सदस्यहरूलाई विशेष रूपमा यस हर्कतबाट आहात महसुस गरेको अमाल्फी बस्ने कला इतिहासकार तथा लेखक लौरा थायरले भने ।  ‘यस्ता कार्यलाई बर्जित गरिएको चर्चमै नग्न फोटोसुट भएबाट मानिसहरू थप स्तब्ध बने,’ थायरले भनिन् ।

सो घटनाको भिडियो खिचेकी एक स्थानीय महिलाले नग्न फोटोसुट गर्नेलाई ‘पागल’ भनेको सुनिन्छन् । ‘चर्चमा नग्न,’ उनले अविश्वासका साथ भनेको सुनिन्छ ।  यो विशाल चर्च नवौं शताब्दीमा बनेको थियो र यो सेन्ट एन्ड्रयूप्रति समर्पित छ । चर्चमा सन् १२०६ देखि उनको अवशेषहरू राखिएको बताइन्छ । यो संरचना त्यो समय बनेको हो जब अमाल्फी जेनोवा, भेनिस र पिसाजस्ता क्षेत्र बराबर समुद्री महाशक्ति थियो । –सीएनएनबाट