द्वापरयुगकी देवकीको पालादेखि
कलियुगकी देउकीको पालासम्म
कुन्तीदेवीको युगदेखि
कुन्तादेवीको युगसम्म
भौतिक अस्त्रमाथि विराजमान
अभौतिक देवीदेखि
अभौतिक अस्त्रमाथि चलायमान
भौतिक देवीहरूसम्म
सृष्टिको उषाकालदेखि
कलिको सन्ध्याकालसम्म
भिन्न-भिन्न प्रयोजनमा
भिन्न-भिन्न प्रायोजनमा
देवीहरू लडेका लडेई छन्
देवीहरू लडाइएका लडाइएई छन्।
युद्धको मातले अचेत देवीले
महादेवको छातीमा टेकेजस्तै
लड्दालड्दै यी देवीहरू
कतै
नबनून कठोर र भावशून्य
र नकुल्चिऊन् आफ्नै सृष्टि
राधिका कल्पित