कात्तिक ११, २०७९ शुक्रबार

अभिनेता पल शाहले कारागारमै भाइटीका लगाएका छन् ।

यौन दुरूपयोग गरेको आरोपमा सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले जानकारी दिए ।

शाहविरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरूपयोगमा गरेको आरोपमा दुई वर्ष ६ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ ।