कात्तिक १४, २०७९ सोमबार

गायिका मेलिना राई तथा गायक दीपक चालिसेको यूगल स्वरमा रहेको गीत ‘चरी भररर’ सार्वजनिक भएको छ ।

गीतमा दिलु श्रेष्ठको शब्द र सन्तोष प्रगाढको संगीत रहेको छ ।  तिहारको अवसर पारेर सार्वजनिक गरिएको यो डान्सिङ्ग नम्बरको भिडियोमा अभिनेता आमेश भण्डारी तथा मोडल अस्मि थापा फिचर्ड छन् । भिडियोलाई कृष्ण पौडेलले निर्देशक गरेका हुन् ।

सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन् । भिडियोमा प्रवीण थापाको कोरियोग्राफी छ ।