कात्तिक १५, २०७९ मंगलबार

नेपाली मुलकी परिजिता बास्तोला अमेरिकी ‘द भ्वाइस’ को तेस्रो चरणमा  प्रवेश गरेकी छिन् । 

उनले अन्य तीन प्रतियोगीलाई पछि पार्दै तेस्रो चरणमा पुगेकी हुन् । द भ्वाइसले २२ औ संस्करणमा नयाँ ढाँचाअनुसार नकआउट एपिसोड सुरु गरेको छ ।


यस पटक प्रतिस्पर्धीले आफैले गीतहरू चयन गर्ने अवसर पाएका थिए ।  प्रस्तुतिपछि  निर्णायकहरूले विजेता छनौट गर्दा परिजिता पनि परेकोले उनी तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी १७ वर्षीया परिजिता बास्तोला अमेरिकामै जन्मेकी र दोस्रो पुस्ताकी उदीयमान गायिका हुन् ।