कात्तिक १५, २०७९ मंगलबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश दिएको छ । मंगलबार पेसीमा चढेको उत्तm रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै कार्कीको उम्मेदवारी तत्कालका लागि कायम भएको छ ।


मेडिकल काउन्सिलको सदस्य रहेकी डा. तोसिमा कार्कीको लाभको पदमा रहेको पाइएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको जिकिर गर्दै कार्कीले सोमबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् ।